
काठमाडौं । अफगानिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको गएराति निधन भएको छ । उनले नेपाल प्रिमियर लिग (एनपिएल) मा समेत अम्पारिङ गरेका थिए ।
अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर शिनवारीको निधन भएको पुष्टि गरेको हो । एसीबीकाअनुसार शिनवारी लामो समयदेखि बिरामी रहेका थिए ।
४१ वर्षको उमेरमा निधन भएका शिनवारीले ३४ एकदिवसीय र २६ वटा टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा अम्पायरको भूमिका निर्वाह गरिसकेका थिए ।