२०८२ असार १६, सोमवार , ०९:५९:४४ बजे

Sajhamanch
'

मध्य असारसम्म देशभरि २० प्रतिशत धान रोपाइँ, अब मल अभाव नहुने सरकारको दाबी

सोमवार, असार १६, २०८२

काठमाडौं । मध्य असारसम्म देशभरि २० प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार देशभरि २० प्रतिशत धान रोपाइँ भएको हो ।

देशभरि १३ लाख ९१ हजार ३२१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा अहिलेसम्म २ लाख ८१ हजार ८०४ हेक्टर जमिनमा रोपाइँ सकिएको छ ।

गएको वर्ष असार १६ सम्म २१ प्रतिशत धान रोपाइँ सकिएकोमा यस वर्ष यही हाराहारीमा रोपाइँ भएको छ ।

देशभर धमाधम धान रोपाइँ भइरहँदा किसानले भने मल अभाव भोग्नुपरेको छ । भनेजति मल नपाएको किसानको गुनासो छ । कतिपय किसानले भने चर्को मूल्यमा मल किन्नुपरेको बताएका छन् ।

सरकारले अब मल अभाव नहुने दाबी गरेको छ । कृषि मन्त्रालयका अनुसार कृषि सामग्री र साल्ट ट्रेडिङको ३४ हजार टन युरिया मल कोलकत्ता आइसकेको छ ।

दुवै निकायसँग अहिले पनि ६० हजार टन मल मौज्दात छ । तर वितरण प्रक्रियामा समस्या हुँदा किसानले समयमै मल पाउन सकेका छैनन् ।

सम्बन्धित खबर