२०८२ असार १५, आइतवार , ०३:२७:०८ बजे

Sajhamanch
'

असार दोस्रो सातासम्म १५ प्रतिशत धान रोपाइँ

आइतवार, असार १५, २०८२

काठमाडौं । असार दोस्रो सातासम्म देशभरि १५ प्रतिशतमात्र धान रोपाइँ भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार १३ असारसम्म १ करोड ३९ लाख १३ हजार २१ हेक्टरमध्ये २ लाख १७ हजार २८९ हेक्टरमा मात्र रोपाइँ भएको हो ।

गत वर्ष १४ असारसम्म १७ दशमलव २ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष सोही अवधिमा १५ दशमलव ६ प्रतिशत मात्रै भएको छ ।

सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । त्यहाँ कुल रोपाइँ क्षेत्रफलको ४५ दशमलव ५ प्रतिशतमा रोपाइँ सम्पन्न भएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै कर्णाली प्रदेशमा ३९ दशमलव १ प्रतिशत, लुम्बिनी ९ दशमलव ७, गण्डकी १३ दशमलव ८, बागमती २० दशमलव ५, मधेस ३ दशमलव ९ र कोशी प्रदेशमा १४ दशमलव ३ प्रतिशत रोपाइँ भएको छ ।

मधेश प्रदेशका सप्तरी, रौतहट र महोत्तरी जिल्लाको विवरण आउन बाँकी रहेको विभागले जनाएको छ ।

सम्बन्धित खबर