२०८२ असार १३, शुक्रवार , ०४:१९:०१ बजे

Sajhamanch
'

सुनको भाउ एकैदिन २९०० रुपैयाँले घट्यो

शुक्रवार, असार १३, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन झन्डै ३ हजार रुपैयाँले घटेको छ । सुनको भाउ २ हजार ९०० ले घटेर तोलाको १ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको १ लाख ९२ हजार ३०० रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ सामान्य घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

शुक्रवार, असार १३, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर