२०८२ असार १२, बिहिवार , ०१:५०:२७ बजे

Sajhamanch
'

सुनचाँदीको भाउ आज सामान्य बढ्यो

बिहिवार, असार १२, २०८२

काठमाडौं । आज सुनचाँदीको भाउ सामान्य बढेको छ । सुनको भाउ ३०० रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ ३५ रुपैयाँले बढेर तोलाको दुई हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार १४० रुपैयाँ रहेको थियो ।

बिहिवार, असार १२, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर