
काठमाडौं । लागु औषध नियन्त्रणका लागि विभाग गठन गरिने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
बिहीबार लागुऔषध दुरुपयोग तथा अवैध ओसार-पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री लेखकले उक्त कुरा बताएका हुन् ।
उनले आगामी आर्थिक वर्षमा सरकारले लागु औषध नियन्त्रण ब्यूरो स्थापना गर्ने बताए । लागु औषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै मन्त्री लेखकले त्यसका लागि विभाग गठन गरिने बताएका हुन् ।
उनले सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको बताए । लागुऔषधलाई नियन्त्रण गर्नका लागि सरकारले आगामी आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत छुट्टै विभागको स्थापना गर्ने जानकारी दिए ।