२०८२ असार १२, बिहिवार , १०:०४:४६ बजे

Sajhamanch
'

लागू पदार्थ तथा अवैध तस्करीविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

बिहिवार, असार १२, २०८२

काठमाडौं । आज जुन २६ तारिख अथात् अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरेर मनाइँदैछ ।

यस वर्ष ‘जन्जिर तोडौँ : सबैका लागि रोकथाम, उपचार र पुनर्स्थापना’ नाराका साथ विश्वव्यापी रुपमा यो दिवस मनाउन लागिएको हो । विश्व समुदायलाई लागू औषधको असर र कारोबारबाट मुक्त गराउनु दिवसको उद्देश्य रहेको छ ।

आज नेपाल प्रहरीलगायत सरोकारवाला अरु निकायले अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध जनचेतना जगाउन सचेतनामूलक कार्यक्रम गर्दै छन् ।

हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रुपमा मनाउने निर्णय संयूक्त राष्ट्रसङ्घको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख छ ।

विश्वमा पछिल्लो एक शताब्दीबाट लागू औषधको कारोबार र त्यसको प्रयोग गर्नेको सङ्ख्या धेरै बढेको पाइन्छ । लागू औषधको असन्तुलित प्रयोगले मात्र विश्वमा हरेक वर्ष १ लाख ९० हजार जनाको ज्यान जाने गरेको तथ्याङ्क छ ।

सम्बन्धित खबर