
असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा झापा
प्रथमपटक प्रकाशित मितिः २०८२।३।११
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) को कर्पाेरेट कार्यालय तथा संस्थाद्वारा सञ्चालित विभिन्न व्यवसायहरुका लागि आर्थिक वर्ष २०८२/०८३ मा तपसिलमा उल्लिखित बस्तु तथा सेवाहरु उपलब्ध गराउने व्यक्ति, फर्म वा कम्पनीहरुले संस्थामा सूचीकरणका लागि आवश्यक कागजातसहित निवेदन पेस गर्न हुन यो सूचना आह्वान गरिएको छ ।
सूचीकृत हुने क्षेत्रहरुः
१. सूचना तथा सञ्चार सेवाहरुः छापा मिडिया, एफएम, अनलाइन, टिभीसाथै विज्ञापन एजेन्सीसँग सम्बन्धित कार्यहरु ।
२. मसलन्द सामग्री बिक्री तथा छपाईः संस्थाका लागि आवश्यक मसलन्द सामग्री बिक्री तथा छपाईसँग सम्बन्धित कार्यहरु ।
३. इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीः संस्थालाई आवश्यक पर्ने कप्युटर, प्रिन्टर, इन्भर्टर, ब्याट्रीजस्ता इलेक्ट्रोनिक तथा अन्य इलेक्ट्रिकल्स सामग्रीहरु ।
४. फर्निचर सामग्री आपूर्ति तथा निर्माणकर्ताः संस्थाका लागि चियर, रिभल्भिङ चियर तथा अन्य तयारी फर्निचर सामग्री, आलमुनियम पार्टेशन, प्लाइबोर्ड पार्टेसनर अन्य इन्टेरियर कार्यहरु ।
५. फ्लेक्स प्रिन्ट तथा डिजिटल बोर्डः संस्थाका लागि आवश्यक फ्लेक्स प्रिन्ट तथा डिजिटल बोर्ड प्रयोजनार्थ सूचीकरण तथा नवीकरणका लागि आह्वान गरिन्छ ।
६. बीमा सम्बन्धी सेवाहरुः नगद बीमा, भवन बीमा, स्टक बीमा, सवारी बीमा, बचतकर्ता बीमा, कर्जा बीमा तथा सामुहिक बीमा सम्बन्धी सेवाहरु ।
७. कृषि औजार तथा सामग्रीः संस्था अन्तर्गत सञ्चालित विभिन्न व्यवसायका लागि आवश्यक कृषिजन्य सामग्रीहरु जस्तैः मल, बिउ बिजन, मल्चिङ प्लाष्टिक, प्लाष्टिक ट्रे, च्याउको बिउ, औषधि तथा विषादी, गाई, माछा र हाँसको दाना, कोकोपिट, साइलेज प्लाष्टिक सप्लाई गर्ने सप्लायर्सहरुलाई सूचीकृतका लागि आह्वान गरिन्छ ।
८. फायर एक्सटिङ्ग्युसर उपकरणः संस्था अन्तर्गत सञ्चालित विभिन्न व्यवसायका लागि आवश्यक फायर एक्सटिङग्युसर उपकरण सप्लायर्सहरुलाई सूचीकृतका लागि आह्वान गरिन्छ ।
९. होटल सूचीकरणः यस संस्थाको आन्तरिक प्रयोजन तथा बाह्यबाट पाल्नुहुने आगन्तुकहरुलाई बस्न तथा खानाका लागि झापाको काँकरभिट्टा तथा बिर्तामोड क्षेत्रमा रेष्टुरेन्ट तथा लज सम्बन्धी सेवाहरु ।
१०. पेट्रोल पम्प सूचीकरणः संस्था अन्तर्गत सञ्चालित विभिन्न व्यवसायका लागि आवश्यक पर्ने इन्धनका लागि पेट्रोल पम्पहरुलाई सूचीकृतका लागि आह्वान गरिन्छ ।
११. सवारी साधन बिक्रेताः चारचक्के, हल्का सवारी साधन बिक्रेताबाट सूचीकरणका लागि निवेदन आह्वान गरिन्छ ।
पुनश्चः
१. माथि उल्लिखित वस्तु तथा सेवासँग सम्बन्धित सूचीकरणका लागि आफूले उपलब्ध गराउने सेवाहरुको विस्तृत विवरणसहित सूचीकरणका लागि निवेदन, व्यवसाय दर्ता प्रमाण पत्र, नविकरण प्रमाणपत्र र आव २०८०/०८१ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न राखी संस्थाको कर्पोरेट कार्यालय मेचीनगर–६, काँकरभिट्टामा दर्ता गर्न सकिनेछ वा संस्थाको आधिकारिक इमेल ठेगानाः [email protected] पठाउन सकिनेछ ।
२. संस्थाले उल्लिखित वस्तु तथा सेवा खरिद गर्दा सूचीकृत भएका फर्म तथा कम्पनीलाई कोटेसन सम्बन्धी इमेल पठाइने छ ।
३. सूचीकरण लागि आवेदन पेस गर्ने अन्तिम मिति २०८२ असार २६ बिहीबार कार्यालय समयसम्म तोकिएको छ ।
थप जानकारीका लागि सम्पर्क ९८५२६८९६५० (कर्पोरेट प्रशासन विभाग)
कर्पाेरेट कार्यालय