२०८२ असार ११, बुधवार , १२:४०:१६ बजे

Sajhamanch
'

धादिङमा त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी हुँदै

बुधवार, असार ११, २०८२

काठमाडौं । धादिङमा एक जना महिलाले त्रिशूली नदीमा हाम फालेकी छन् ।

गल्छी गाउँपालिका–१ की ५६ वर्षीया साइली गिरीले सोही ठाउँको छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेकी हुन् ।

बुधबार बिहान ९ बजे हाम फालेकी गिरीको खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट नायव निरीक्षक वीरेन्द्रकुमार मण्डलको कमाण्डाम विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालित गरिएको सहप्रवक्ता थापाले जानकारी दिए ।

सम्बन्धित खबर