२०८२ साउन १९, सोमवार , ०१:५५:२१ बजे

Sajhamanch
'

मिस नेपाल २०२५ का लागि आवेदन खुला

बुधवार, असार ११, २०८२

झापा । मिस नेपाल २०२५ का लागि आवेदन खुला गरिएको छ । ललितपुरमा मंगलबार पत्रकार सम्मेलन गरी आयोजक संस्था ‘द हिडेन ट्रेजर’ले मिस नेपाल २०२५ का लागि आवेदन खुला गरेको हो ।

प्रतियोगितामा सहभागी हुन आवेदन दिने म्याद असार २६ गतेसम्म रहेको छ । प्रतियोगितामा सहभागी हुन चाहने युवतीहरूको न्यूनतम उचाइ ५ फिट ३ इन्च हुनुपर्ने र उमेर १८ देखि २७ वर्षको बीचमा हुनपर्ने भनिएको छ ।

सहभागी हुन नेपाली नागरिकता अनिवार्य गरिएको छ । प्रतियोगिताबाट मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल कोस्मो गरी चार विधामा विजेता घोषणा गर्ने आयोजकले जनाएको छ ।

मिस नेपाल २०२५ को अन्तिम अडिशन असार २८ गते काठमाडौंमा हुनेछ । मिस नेपाल २०२५ को फिनाले आगामी भदौ १४ गते शनिबार गोदावरीस्थित सनराइज कन्भेन्शन सेन्टरमा हुने तय गरिएको छ ।

सम्बन्धित खबर