२०८२ असार ११, बुधवार , १०:१७:५३ बजे

Sajhamanch
'

सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

बुधवार, असार ११, २०८२

झापा । सेफ्टी ट्यांकीमा खसेर रौतहटमा दुई बालबालिकाको मृत्यु भएको छ । चन्द्रपुर -१० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको ट्यांकीमा खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरपुरमा प्रमुख, प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

मृतक दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर लगिएकोमा डाक्टरहरुले ८ः१५ बजे मृत घोषणा गरेको प्रमुख राईले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको राईले बताए ।

सम्बन्धित खबर