२०८२ असार १०, मङ्गलवार , १०:०१:४३ बजे

Sajhamanch
'

कतार जाने उडान रोकियो, यात्रुको बिचल्ली

मङ्गलवार, असार १०, २०८२

काठमाडौं । इरानले अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेपछि काठमाडौंबाट कतार जाने उडान रोकिएको छ । हिजो बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको कतार एयरवेजको विमान ओमानको मस्कटमा अवतरण गरेको छ ।

इरानले आक्रमण गरेसँगै कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । कतारको हवाई क्षेत्र बन्द भएसँगै नेपाल एयरलाइन्सको दोहा उडानसमेत प्रभावित भएको छ ।

राति ११ बजे उडान तालिका रहेको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ । कतार जाने यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् ।

मङ्गलवार, असार १०, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर