२०८२ असार ९, सोमवार , ०२:१९:०१ बजे

Sajhamanch
'

करेन्ट लागेर मुगुमा दश खच्चर मरे

सोमवार, असार ९, २०८२

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–११ कुसा टाउमा करेन्ट लागेर दश खच्चर मरेका छन् ।

जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै गरेका खच्चरलाई नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत् चुहावट हुँदा करेन्ट लागेको हो ।

प्राधिकरणले कम क्षमताको ट्रान्समिटर राख्दा र विद्युत‍्को अर्थिङ सुरक्षित नबनाउँदा हिजो दिउँसो खच्चरलाई करेन्ट लागेको खच्चड धनी छायाँनाथ–१ का स्थानीय कन्नबहादुर मल्लले गुनासो गरे। उनले खच्चरको क्षतिपूर्ति दिन प्राधिकरणसँग माग गरेका छन् ।

विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रले वितरण गरेको विद्युत् सेवा व्यवस्थित र सुरक्षित नबनाउँदा यहाँ दिनहुँ सास्ती भोग्नुपरेको स्थानीयवासीको भनाइ छ ।

सम्बन्धित खबर