२०८२ असार ८, आइतवार , ०४:२३:२२ बजे

Sajhamanch
'

नारायणी नदीमा बगिरहेका पुरूषको सशस्त्र प्रहरीले गर्‍यो उद्धार

आइतवार, असार ८, २०८२

काठमाडौं । चितवनस्थित नारायणी नदीमा बग्दै आएका एक पुरूषको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।

भरतपुर महानगरपालिका-१ स्थित नारायणी नदीमा आइतबार दिउँसो एक जना पुरूष बगिरहेको देखेर सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

अन्दाजी ४० वर्षीय पुरूषको उद्धार सशस्त्र प्रहरी बल आइआरटी पोष्ट पुलचोकबाट खटिएको प्रहरी सहायक निरीक्षक गंगाराज गोले लामाको टोलीले उद्धार गरेको हो।

उद्धारपछि उनलाई उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवनतर्फ पठाएको छ। उनको अवस्था सामान्य छ। यद्यपि परिचय भने खुलिसकेको छैन।

उनी नदीमा कसरी पुगे भन्ने खुलिसकेको छैन।

सम्बन्धित खबर