२०८२ असार ८, आइतवार , ०१:११:४४ बजे

Sajhamanch
'

रामेछापको तामाकोशी नदीमा निमार्णाधीन मोटरेबल पुल भाँचियो

आइतवार, असार ८, २०८२

रामेछाप । मन्थली नगरपालिका–६ कुनौरी र वडा–७ भटौली जोड्ने तामाकोशी नदीमा निमार्णाधीन मोटरेबल पुलको बीच भाग (स्ल्याब) भाँचिएको छ । आज बिहान पुलको स्ल्याब भाँचिएको हो । यसअघि पुल निमार्णको काम अन्तिम चरणमा पुगेका बेला कुनौरी तर्फ पर्ने एउटा स्ल्याब भाँचिएको थियो ।

सडक विभागको पुल शाखाले २०७८/०७९ मा टेण्डर आह्वान गरेसँगै कालिका कल्पवृक्ष जेभीले २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा २०८२ साल भदौ महिना भित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । दुई सय ३० मिटर लामो पुलको चौडाई ११ मिटरको रहेको छ ।

निमार्णाधीन पुल सदरमुकाम मन्थली हुँदै क्षेत्र नम्बर २ को खाँडादेवी, दोरम्वा शैलुङ्ग र सुनापति गाउँपालिकासँग प्रत्यक्ष जोडिन्छ । तामाकोशी नदीको पुल भाँचिएसँगै मापदण्डको विषय उठेको मन्थली नगरपालिका–७ भटौलीका रामचन्द्र शर्माले बताए।

सम्बन्धित खबर