२०८२ असार ६, शुक्रवार , ०५:०२:०७ बजे

Sajhamanch
'

बीपी राजमार्गमा १५ दिनसम्म राति यात्रुवाहक सवारी चलाउन रोक

शुक्रवार, असार ६, २०८२

काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा १५ दिनका लागि साँझ ६स्३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ ।

शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दे सो निर्णय गरेका हुन् ।

बाढीपहिरोको जोखिम रहेको भन्दै भोलिदेखि पहिलो चरणमा साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा यात्रु गाडी चलाउन रोक लगाउने निर्णय गरेको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनलाइनखबरलाई जानकारी दिए ।

उक्त विवरणबारे जानकारी गराउन आजै तीन जिल्ला अधिकारीहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दैछन् ।

काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड बढी जोखिमयुक्त भएकाले सार्वजनिक र निजी यात्रु गाडी चलाउन रोक लगाइएको हो ।

छलफलमा अन्तरजिल्लाको सहकार्य र समन्वयबीचबाटै यात्रुलाई सहज यात्रा गराउन सकिने सुरक्षा निकायका प्रमुखहरूले बताएका थिए ।

सम्बन्धित खबर