
काठमाडौं । आउँदो तीन दिन कोशी, नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने बाढी पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने भए पनि बढ्दो रहने भएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तै महाशाखाले काठमाडौं उपत्यकासहित ५६ जिल्लामा रहेका नदीमा बहाव सामान्य बढ्ने अनुमान रहेकाले सामान्य सतर्कता अपनाउन सुझाव दिएको छ ।