२०८२ असार ४, बुधवार , ०१:१९:४८ बजे

Sajhamanch
'

सुनको भाउ ९०० रुपैयाँले बढ्यो

बुधवार, असार ४, २०८२

काठमाडौं । आज सुनको भाउ ९०० रुपैयाँले बढेको छ । सुनको भाउ ९०० रुपैयाँले बढेर तोलाको एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको ६५ रुपैयाँले बढेर तोलाको दुई हजार २२५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार १६० रुपैयाँ रहेको थियो ।

बुधवार, असार ४, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर