२०८२ असार ३, मङ्गलवार , ०९:४६:५९ बजे

Sajhamanch
'

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै

मङ्गलवार, असार ३, २०८२

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे ग्लास्गोमा शुरू हुनेछ ।

नेपाल र स्कटल्यान्डले आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । नेपाल, घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच अस्ति आइतवारदेखि टी–२० शृङ्खला शुरू भएको हो ।

पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । त्यस्तै हिजो भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भयो ।

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको मात्र नभई यो अन्तर्राष्ट्रिय क्रिकेटमै पहिलो तीन सुपर ओभरको खेल रह्यो । तालिकामा स्कटल्यान्ड र नेदरल्यान्ड्सको समान दुई अङ्क छ ।

नेपालले आफ्नो तेस्रो खेल बिहीवार नेदरल्यान्ड्ससँग र चौथो तथा अन्तिम खेल शुक्रवार घरेलु टोलीसँग खेल्नेछ ।

तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अङ्क हुने टोली शृङ्खलाको विजेता बन्नेछ ।

सम्बन्धित खबर