२०८२ साउन १४, बुधवार , ०२:४६:४९ बजे

Sajhamanch
'

यू–२० महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० जना खेलाडी बाहिरिए

आइतवार, असार १, २०८२

काठमाडौं । २० वर्षमुनिको राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० जना खेलाडी बाहिरिएका छन् । टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले खेलाडीको सङ्ख्या घटाएर ३० मा झारेका हुन् ।

यसअघि बन्द प्रशिक्षणमा ४० जना खेलाडी बोलाइएका छन् । अब ३० जना खेलाडी साफ च्याम्पियनशिपको तयारीका लागि बन्द प्रशिक्षणमा सहभागी हुनेछन् ।

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिप आउँदो जुलाई ११ देखि २२ तारिखसम्म बङ्गलादेशमा आयोजना हुँदैछ । प्रतियोगितामा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र भुटान रहेका छन् । नेपालले जुलाई ११ मा भुटानसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।

सहभागी टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् । लिग चरण सकिएपछि अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

सम्बन्धित खबर