२०८२ जेठ ३१, शनिवार , १०:४३:१९ बजे

Sajhamanch
'

भाइरल गोर्खे’ आजदेखि देशभर प्रदर्शनमा स् सामाजिक सञ्जालको प्रवृत्तिमाथि कटाक्ष

शुक्रवार, जेठ ३०, २०८२

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल बन्ने प्रवृत्तिमाथि व्यङ्ग्य गर्दै निर्माण गरिएको चलचित्र ‘भाइरल गोर्खे’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । निगम श्रेष्ठको निर्देशमा बनेको चलचित्रमा सामाजिक सञ्जालको बढ्दो प्रयोग र त्यसले निम्त्याउने असरहरूलाई कथामा उठान गरिएको छ ।

चलचित्रले सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाइरल हुन जे पनि गर्ने प्रवृत्तिलाई देखाएको छ । चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख अभिनय रहेको छ । त्यस्तै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल र ऋषि धमलाले पनि अभिनय गरिरहेका छन् ।

द जीएमआई एकेडेमी र निर्वाणा फिल्म स्कुलको ब्यानरमा निर्माण गरिएको चलचित्रमा विशाल ताम्राकार, महेश लामिछाने र केवलजङ्ग कुँवर निर्माता रहेका छन् ।

भुवन अधिकारी र निखिल पौडेल सह–निर्माताका रूपमा रहेका छन् । अमर महर्जनले छायाङ्कन गरेको चलचित्र छायाङ्कन लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनका विभिन्न ठाउँमा गरिएको छ ।

सम्बन्धित खबर