
अमेरिकाको क्यालिफोर्निया राज्यमा चार दिनदेखि चर्किएको विरोध प्रदर्शन नियन्त्रण गर्न अमेरिकाले ७०० भन्दा बढी मेरिन (स्थल र जल सैनिक) लस एन्जलसमा परिचालन गरेको छ ।अमेरिकाको संघीय कानुन कार्यान्वयन इकाई (आईसीई)ले लस एन्जलसमा लुकेर बसिरहेका अवैध आप्रवासीको खानतलासी र पक्राउ गर्दा हिंसा भड्किएको थियो ।
यी सैनिकहरू राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सप्ताहन्तमा क्यालिफोर्नियाको गभर्नर वा लस एन्जलसको मेयरको सहमतिबिना परिचालन गरिएको हो । सैनिकले नेशनल गार्ड सदस्यहरूसँग मिलेर दंगा नियन्त्रण कार्यमा सहभागी हुने सीएनएनले जनाएको छ ।शक्ति प्रदर्शनको रूपमा ट्रम्पले सेनाको प्रयोगमा गरेको ठूलो वृद्धि गरिएको जनाइएको छ ।
तर, एलएमा पुगेपछि उनीहरूको विशिष्ट कार्य के हुनेछ भन्ने अहिलेसम्म स्पष्ट नभएको बताइएको छ । ट्रम्पबाट विद्रोह ऐन लागु नभएसम्म नेशनल गार्ड सैनिकहरू जस्तै उनीहरूले गिरफ्तार गर्न पाउँदैनन् । विद्रोह ऐनले राष्ट्रपतिलाई संघीय शक्तिको विद्रोह वा विद्रोह समाप्त गर्न सेना प्रयोग गर्न अनुमति दिन्छ ।
मेरिन तैनाथीबारे जानकारहरू एलएमा उनीहरू जमिनमा गार्डको रूपमा बस्नेछन् । राष्ट्रपतिद्वारा क्यालिफोर्निया नेशनल गार्डका दुई हजारभन्दा बढी सदस्यहरू परिचालन गरिएको छ । तर, अहिलेसम्म एलएको सडकमा मात्र ३०० जति मात्र तैनाथ गरिएको बताइएको छ । अन्य गार्डहरू तैनाथ हुन ७२ घण्टासम्म लाग्नसक्छ ।मेरिनहरूले दुई दिनदेखि एलएमा तैनाथ गार्ड सदस्यहरूलाई मजबुत बनाउने अपेक्षा गरिएको बताएको छ ।
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले मेरिनको संलग्नतालाई अनावश्यक र अभूतपूर्व भनेका छन् ।
लस एन्जल्स प्रहरी प्रमुख जिम म्याकडोनेलले अमेरिकी मेरिन तैनाथ हुनुअघि सहरमा प्रदर्शनको प्रतिक्रियामा सबै एजेन्सीहरूबीच खुला र निरन्तर संचारलाइनहरूको प्रयोगका लागि आह्वान गरे ।“उनको एजेन्सी र अन्य साझेदार एजेन्सीहरूसँग ठूलो मात्रामा प्रदर्शनहरू सम्हाल्ने अनुभव छ । सुरक्षा उनीहरूको लागि सर्वोच्च प्राथमिकता हो,” म्याकडोनेलले भने, “यो संचारले अहिलेको महत्वपूर्ण समयमा अफवाह रोक्न, उक्साहटबाट बच्न र एक समन्वकारी भूमिका खेल्दै कानुनी र व्यवस्थित प्रतिक्रिया सुनिश्चित गर्न सहयोग गर्छ ।” सीएनएन