२०८२ जेठ २५, आइतवार , १२:१७:०१ बजे

Sajhamanch
'

सुनको भाउ आज एकैदिन तोलामा ३ हजार रुपैयाँले घट्यो

आइतवार, जेठ २५, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ९० हजार ७०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९३ हजार ७०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर तोलाको दुई हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार १५० रुपैयाँ थियो ।

आइतवार, जेठ २५, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर