२०८२ जेठ २३, शुक्रवार , ०४:४२:४७ बजे

Sajhamanch
'

इङ्ग्ल्यान्ड-भारतबीचको टेस्ट शृङ्खलाको नाम अब ‘एन्डरसन-तेन्दुलकर ट्रफी’

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । इङ्ग्ल्यान्ड–भारतबीचको टेस्ट शृङ्खलालाई अब एन्डरसन–तेन्दुलकर ट्रफी भनिने भएको छ ।

इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अबदेखि इङ्गल्यान्ड र भारतबीच खेलिने टेस्ट शृङ्खलालाई एन्डरसन–तेन्दुलकर ट्रफी भन्ने निर्णय गरेका हुन् । यो निर्णयसँगै अब क्रिकेटका दिग्गज सचिन तेन्दुलकर र जेम्स एन्डरसनको नाम प्रतिष्ठित ट्रफीमा लेखिने भएको हो ।

क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोका अनुसार तेन्दुलकर र एन्डरसन दुवैले जुन ११ मा शुरू हुने आईसीसी विश्व टेस्ट च्याम्पियनशिप फाइनलको समयमा बेलायतको लड्र्स मैदानमा ट्रफी अनावरण गर्नेछन् ।

इङ्गल्यान्ड र भारतले यही जुन २० देखि लीड्समा शुरू हुने पाँच खेलको टेस्ट शृङ्खलाका साथ नयाँ विश्व टेस्ट च्याम्पियनशिप चक्र शुरू गर्ने तयारी गरिरहेका बेला यस्तो निर्णय आएको हो । १८८ टेस्ट खेलेका एन्डरसनले गएको जुलाईमा सन्न्यास लिएका थिए भने तेन्दुलकरले २०० टेस्ट खेलेर सन् २०१३ मा सन्न्यास लिएका थिए ।

अहिलेसम्म यी दुई देशबीच इङ्ग्ल्यान्डमा खेलिने शृङ्खलालाई पटौदी ट्रफी भनिन्थ्यो भने भारतमा यसलाई एन्थोनी डे मेलो ट्रफी भनिन्थ्यो ।

सम्बन्धित खबर