
काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ । सुनको भाउ आज पनि हिजोजस्तौ तोलाको एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा ७५ रुपैयाँले बढेर दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको दुई हजार ७५ रुपैयाँ कायम भएको थियो ।