
काठमाडौं । सुनको भाउ आज तोलामा ५०० रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर दुई हजार ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ४५ रुपैयाँ कायम भएको थियो ।