२०८२ साउन २, शुक्रवार , ११:२२:२९ बजे

Sajhamanch
'

सुनको भाउ एकैदिन तोलामा २९०० रुपैयाँले बढ्यो

मङ्गलवार, जेठ २०, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार ९०० रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेर तोलाको दुई हजार ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ९९० रुपैयाँ थियो ।

मङ्गलवार, जेठ २०, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर