२०८२ जेठ ११, शनिवार , ०३:०९:३१ बजे

Sajhamanch
'

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा न्यायाधीशहरुको मानमर्दन नगर्न सर्वोच्चको चेतावनी

शनिवार, जेठ ११, २०८२

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सञ्जालमा न्यायाधीशहरुका विरुद्ध अशोभनीय टिप्पणी नगर्न चेतावनी दिएको छ ।

हिजो रास्वपा सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिने क्रममा न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले यस्तो चेतावनी दिएको हो ।

बहसका क्रममा नायब महान्यायाधिवक्ता र जाहेरवालाका वकिलहरुले तुल्सीपुर उच्च अदालतमा आदेश गर्ने न्यायाधीशहरुमाथि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा लाञ्छनापूर्ण टिप्पणी गरेको भनेर इजलासलाई अवगत गराएको भन्दै यस विषयमा ध्यानाकर्षण भएको आदेशमा उल्लेख छ ।

आदेशमा भनिएको छ, ‘अदालतबाट भएका आदेश एवम् फैसलाहरु उपर स्वच्छ र रचनात्मक टिप्पणीहरु सदैव अपेक्षित नै हुने भएता पनि नियोजित ढङ्गले न्यायाधीशहरुको मानमर्दन गर्ने र जनमानसमा भ्रमपूर्ण सन्देश प्रवाह गर्ने प्रकृतिका क्रियाकलापबाट न्याय सम्पादनको कार्यमा अनपेक्षित अवरोध हुन जाने भएकाले त्यसतर्फ संवेदनशील रहन सबै पक्षका लागि यो आदेश जारी गरिएको छ ।’

सम्बन्धित खबर