२०८२ जेठ १०, शुक्रवार , ०९:३८:३२ बजे

Sajhamanch
'

अमेरिकामा आवासीय क्षेत्रमा विमान दुर्घटना

शुक्रवार, जेठ १०, २०८२

झापा । अमेरिकाको सान डिएगोमा आवासीय क्षेत्रमा विमान दुर्घटना भएको छ ।

स्थानीय समय अनुसार हिजो बिहिवार बिहान पौने ४ बजे विमान दुर्घटना भएको बीबीसीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या भने यकिन भएको छैन ।

विमान दुर्घटनामा आठ जना घाइते भएका छन् भने १५ वटा भन्दा धेरै घर तथा गाडीमा क्षति पुगेको छ ।

दुर्घटनाग्रस्त विमानमा प्रख्यात सङ्गीतकर्मी डेभ शापिरो पनि रहेका उहाँको प्रतिभा कम्पनीले जनाएको छ । उनको सम ४१, स्टोरी अफ द इयर र पियर्स द भेल जस्ता ब्यान्डहरू प्रख्यात छन् ।

सान डिएगोमा आठदेखि दश जनासम्म अटाउने सानो विमान दुर्घटना भएको त्यहाँको दमकल सेवाका सहायक प्रमुख ड्यान एडीले बताउनुभयो । घटनाबारे अनुसन्धान भइहेको छ ।

सम्बन्धित खबर