२०८२ जेठ ९, बिहिवार , ०४:३४:५७ बजे

Sajhamanch
'

श्रमिकको उपचार जिम्मा रोजगारदाता देशले लिनुपर्ने प्रस्ताव नेपालले डब्ल्यूएचओ लैजाँदै

बिहिवार, जेठ ९, २०८२

काठमाडौं । सरकारले श्रमका लागि पुगेका श्रमिकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता देशले लिनुपर्ने प्रस्ताव विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) मा लैजाने तयारी गरेको छ । अर्को वर्ष हुने विश्व स्वास्थ्य सम्मेलनमा प्रस्ताव लैजाने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललले बताए।

विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किनुभएका मन्त्री पौडेलले अरू देशहरूमा कामदार पठाउने देशहरूले आफ्ना नागरिकमाथि भएको स्वास्थ्य समस्याको विकराल स्थिति रहेको कुरालाई मध्यनजर गरी त्यसलाई हल गर्न जुनसुकै देशका नागरिकको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता देशले लिनुपर्ने प्रस्ताव नेपालले लैजाने बताए।

यस पटकको सम्मेलनमा नै नेपालले त्यसबारे जानकारी गराएको छ । प्रस्ताव डब्ल्यूएचओबाट पास भएमा गइसकेपछि र फर्किँदा श्रमिकको स्वास्थ्य सहयोग तथा स्वास्थ्य अवस्थाका बारेमा सम्बन्धित देशले नै जानकारी गराउने स्थिति बन्ने उनले बताए।

यसले उपचार नपाएर फर्किएर आउनुपरेको स्थिति, खर्चको कारणले पूर्णरूपमा उपचार नहुने स्थिति एवम् कतिपको मृत्यु भएपछि शव सम्बन्धित देशमा पठाउन नसक्ने स्थिति अन्त्य हुने मन्त्री पौडेलको भनाइ छ ।

सम्बन्धित खबर