
झापा । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलको सुरक्षा सुनिश्चित गर्ने परिस्थितिमा युद्ध अन्त्य गर्न आफू तयार रहेको बताएका छन् । इजरायली बन्धकहरूको रिहाइ र हमासको आत्मसमर्पण भएमा युद्ध रोक्ने नेतान्याहूको शर्त छ ।
उनले हमास नेतृत्वलाई गाजाबाट निष्कासन गरिनुपर्ने र सम्पूर्ण क्षेत्र हतियारमुक्त हुनुपर्ने अडान पनि लिएको बीबीसीले जनाएको छ ।
यसैबीच गाजामा इजरायली आक्रमण भइरहँदा मानिसहरू हमाससँग आक्रोशित भएका छन् । हमासको विरोधमा प्यालेस्टिनीहरूले लगातार तेस्रो दिन दक्षिणी गाजाको सडक प्रदर्शन गरिरहेका छन् । उनीहरूले युद्ध अन्त्य गर्न र गाजाबाट सैन्य समूह हटाउन माग गरिरहेका छन् ।
गाजामा हमासविरुद्ध बोल्नु खतरनाक मानिन्छ । अस्तिदेखि त्यहाँका सञ्चारमाध्यमलाई हमासबारे नकारात्मक खबर दिन निषेध गरिएको खबरमा उल्लेख छ ।