
काठमाडौं । सुनको भाउ आज ६०० रुपैयाँ बढेको छ । सुनको भाउ ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ आज पनि हिजोजस्तै तोलाको एक हजार ९४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।