२०८२ जेठ ६, सोमवार , ०१:०५:४५ बजे

Sajhamanch
'

जोखिमयुक्त बस्तीको पहिचान र सुरक्षित स्थानान्तरण आवश्यक छ : शङ्कर पोखरेल

सोमवार, जेठ ६, २०८२

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीहरूको पहिचान गरेर सुरक्षित स्थानान्तरण गर्न आवश्यक रहेको बताएका छन् ।

महासचिव पोखरेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमा जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको र पर्न सक्ने असरबारे सगरमाथा संवाद चलिरहेका बेला हुम्लाको नाम्खावासी पहिरोको कारणले घरबार विहीन बन्न पुगेको भन्दै सुरक्षित स्थानान्तरण आवश्यक रहेको बताएका हुन् ।

‘अब ढिलो नगरी हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीहरूको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरणका लागि योजना बनाउनु आवश्यक छ’, महासचिव पोखरेलले भनेका छन्, ‘त्यसका लागि सुरक्षित क्षेत्र पहिचान गरेर वन क्षेत्र र संरक्षण क्षेत्रबाट अलग गरी सुरक्षित वस्ति विकासको योजना अघि बढाउनुपर्दछ ।’

सम्बन्धित खबर