२०८२ जेठ ५, आइतवार , ११:५६:३७ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ६०० रुपैयाँले घट्यो

आइतवार, जेठ ५, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ६०० रुपैयाँ घटेको छ । अस्ति शुक्रवार एकैदिन तीन हजार रुपैयाँले बढेकोे सुनको भाउ आज केही घटेको हो ।

तोलामा ६०० रुपैयाँ घटेर आज सुनको भाउ तोलाको एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँ थियो । आज चाँदीको भाउ घटबढ भएको छैन । चाँदी शुक्रबारकै भाउ तोलाको एक हजार ९४५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

सम्बन्धित खबर