२०८२ जेठ ५, आइतवार , ०९:३८:३६ बजे

Sajhamanch
'

स्कुटर दुर्घटनामा परी चालकको मृत्यु

आइतवार, जेठ ५, २०८२

मोरङ । विराटनगरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ नेपाल आयल निगमको कार्यालयनजिक शनिबार मध्यराति दुर्घटना भएको हो।

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार खार्जीबाट कञ्चनबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–०५० प ९७९६ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। स्कुटर दुर्घटना हुँदा चालक विराटनगर–६ का अन्दाजी ५५ वर्षीय मोहम्मद अब्दुल कलामको मृत्यु भएको लम्सालले बताए।

दुर्घटनामा परेर गम्भीर घाइते भएका कलामलाई उपचारका क्रममा नोबेल शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन्। स्कुटर नियन्त्रणमा लिएर प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ।

सम्बन्धित खबर