२०८२ जेठ १, बुधवार , ०३:२६:३३ बजे

Sajhamanch
'

पोखरामा बस दुर्घटना, २२ जना घाइते

बुधवार, जेठ १, २०८२

काठमाडौं । पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ । ग. १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरि बस्नेतका अनुसार, दुर्घटनामा परेर चालक र सहचालकसहित २२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको डीएसपी बस्नेतले जानकारी दिए ।

बसमा २६ जना सवार रहेको भन्ने बुझिएको प्रहरीले बताएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।