२०८२ जेठ १, बुधवार , १०:२६:२४ बजे

Sajhamanch
'

शिकार खेल्न जाँदा बन्दुक पड्किएर मगरको मृत्यु

बुधवार, जेठ १, २०८२

पाँचथर । पाँचथरमा शिकार खेल्न गएका एक व्यक्तिको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ ।

गएराति ११।३५ बजे पाँचथर फाल्गुनन्द गाउँपालिका–१ उतेस्नीस्थित जंगलमा फिदिम नगरपालिका– ९ दरेनी बस्ने ३३ वर्षीय मनबहादुर सम्बाहाम्फे र सोही ठाउँ बस्ने २० वर्षीय सुन्दर सारूँ मगर घरेलु भरुवा बन्दुक लिई शिकार खेल्न गएका थिए ।

बाटोमा मानिस आउँदै गरेको देखेर मगरले भरुवा बन्दुक झाडीभित्र लुकाउने क्रममा अचानक भरुवा बन्दुक पड्किई उनको पेटमा लागेको थियो । घाइते मगरलाई जिल्ला अस्पताल पाँचथर फिदिम ल्याई चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

मृतकको शव जिल्ला अस्पताल पाँचथरको शव गृहमा राखिएको छ । सँगै शिकार खेल्न गएका मनबहादुर सम्बाहाम्फेलाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर