२०८२ जेठ १, बुधवार , १०:२७:०५ बजे

Sajhamanch
'

मुस्ताङमा आरी घोप्टे वर्षा हुन थालेको भन्दै स्थानीयवासीको चिन्ता

बुधवार, जेठ १, २०८२

मुस्ताङ । मुस्ताङका स्थानीयवासीले पछिल्लो समय जिल्लामा ‘आरी घोप्टे’ अर्थात् भारी वर्षा हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाल प्रेस युनियनले आयोजना गरेको ‘लोमन्थाङ इन्टरनेशनल मिडिया समिट’ अन्तर्गत हिजो जोमसोममा सम्पन्न ‘जोमसोम क्लाइमेट वर्कसप’ कार्यक्रममा सहभागहिरुले विगतमा कम पानी पर्ने गरेकामा केही वर्षदेखि अत्यधिक वर्षा हुन थालेको बताएका हुन् ।

नेपाल पत्रकार महासङ्घ मुस्ताङका संस्थापक अध्यक्ष भीम रसाइलीले नेपालकै कम पानी पर्ने जिल्ला मुस्ताङमा पछिल्लो समयमा आरी घोप्टे वर्षा हुने गरेको र त्यसले कृषिलगायतका क्षेत्र प्रत्यक्ष प्रभावित भएको बताए।

जलवायु परिवर्तनकै कारण खानेपानी मुहान सुकेकै कारण गाउँलाई नै स्थानान्तरण गर्नुपरेको नेपाल पत्रकार महासङ्घका अध्यक्ष सुनदेवी रसाइलीले धारणा राखे।

तापक्रममा आएको परिवर्तनकै कारण स्याउमा विभिन्न रोगहरू लाग्न थालेको बताउँदै स्थानीयवासीले यसको प्रभाव न्यूनीकरणतर्फ बेलैमा ध्यान नदिए भयावह अवस्था आउने बताएका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले हिमालपारिको जिल्लाको नाम पाएको मुस्ताङ जलवायु परिवर्तनका असरका कारण कालापत्थरपारिको जिल्ला बन्छ की भन्ने चिन्ता बढाएको बताए।

सम्बन्धित खबर