२०८२ वैशाख २५, बिहिवार , ०१:४८:४५ बजे

Sajhamanch
'

कुष्ठरोगका बिरामी सबैभन्दा बढी मधेश प्रदेशमा, ११ जिल्लामा शून्य

बिहिवार, वैशाख २५, २०८२

काठमाडौं । नेपालमा सबैभन्दा धेरै नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा फेला परेका जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

आजदेखि काठमाडौंमा शुरू भएको कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उनले मधेश, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको बताए। उनका अनुसार मधेश प्रदेशमा कुल कुष्ठरोगीको एक तिहाइभन्दा बढी रहेका छन् ।

दोस्रोमा लुम्बिनी प्रदेश रहेको छ । जहाँ कुल कुष्ठरोगीको एक चौथाइभन्दा बढी कुष्ठरोगीहरू रहेका स्वास्थ्य मन्त्रालयका सचिव डा. देवकोटाले बताए।

आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म नयाँ फेला परेका दुई हजार ४७२ कुष्ठरोगीमध्ये महिलाको सङ्ख्या एक हजार ४२ रहेको छ ।

त्यस्तै १४ वर्षमुनिका नयाँ बिरामीको सङ्ख्या १३६ रहेको सचिव डा. देवकोटाको भनाइ छ । उनले पहिचान रहेका सबै कुष्ठरोगका बिरामीहरू उपचाररत रहेको बताए।

त्यस्तै कुष्ठरोग निवारणका लागि रोगको प्रकोप दर एकभन्दा कम हुनुपर्छ । प्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम व्यक्ति रोगी रहेको अवस्था हुनुपर्छ ।

आर्थिक वर्ष २०८०/०८१ को तथ्याङ्कलाई विश्लेषण गर्दा कुष्ठरोगको प्रकोप दर राष्ट्रिय तहमा एकभन्दा कम (० दशमलव९२ प्रतिशत) रहेको छ । तर जिल्ला तहको प्रकोप दर हेर्दा ७७ जिल्लामध्ये १८ जिल्लामा एकभन्दा माथि, ४८ जिल्लामा एकभन्दा कम, ११ जिल्लामा कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला परेका छैनन् ।

सम्बन्धित खबर