२०८२ जेठ २३, शुक्रवार , ०६:२२:४२ बजे

Sajhamanch
'

विश्व स्मृति एवं मेलमिलाप दिवस आज

बिहिवार, वैशाख २५, २०८२

काठमाडौं । आज विश्व स्मृति एवं मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरि विश्वभर मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झना एवं मेलमिलाप दिवसका रुपमा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो ।

राष्ट्रसङ्घीय महासभाले मे ८ र ९ तारिखमा यो दिवस मनाउन विश्वका सबै देशहरूलाई आह्वान गरेअनुरूप विभिन्न राष्ट्रसङ्घीय निकाय, गैरसरकारी संस्था तथा व्यक्तिले समाज र देशका निम्ति योगदान आफ्ना अग्रज एवं दोस्रो विश्वयुद्धका सबै पीडितहरूको स्मरण तथा उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेर स्मृति दिवस मनाउँदै आएका छन् ।

न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ ।

बिहिवार, वैशाख २५, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर