२०८२ वैशाख २५, बिहिवार , ०२:४२:३८ बजे

Sajhamanch
'

काठमाडौंको कोटेश्वर तीनकुनेमा तीन वटा गाडी ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बिहिवार, वैशाख २५, २०८२

काठमाडौं । काठमाडौंको कोटेश्वर तीनकुने चोकमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

आज बिहान बा. ३ ख ७०६२ नम्बरको बसले बा प्र.०१–०२६ च २९२७ को भ्यानलाई ठक्कर दिएको र भ्यानले बा प्र. ०२–०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने नुवाकोट घर भई ललितपुरको धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको ज्यान गएको हो । मोटरसाइकल चालक रामेछाप दोलम्बा– ३का २७ वर्षीय पदम थापा मगरको उपचार भइरहेको छ ।

भ्यान चालक काभ्रे मण्डनदेवपुर–१ का ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा रहेका दोलखा गौरीशंकरकी २४ की मेनुका बुढाथोकी घाइते भएक छन् । उनीहरुको ट्रमा सेन्टर र कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक इलाम सूर्योदय नगरपालिकाका रामबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिवार, वैशाख २५, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर