२०८२ वैशाख २३, मङ्गलवार , ०६:४५:१४ बजे

Sajhamanch
'

एमाले नेता, पूर्वमन्त्री प्रदीप नेपालको निधन

मङ्गलवार, वैशाख २३, २०८२

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ।

नेता नेपालको आज मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएको हो ।

केही दिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो।

उनी लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए।

रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए।

२०१० सालमा जन्मिएका नेपाल २०५१ मा नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सञ्चार मन्त्री बनेका थिए। त्यसपछि शिक्षा मन्त्री भएका थिए।

उनी नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए।

सम्बन्धित खबर