२०८२ वैशाख २०, शनिवार , ०४:४६:५२ बजे

Sajhamanch
'

कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने भएकाले गलत हल्लाका पछाडि नलाग्न बोर्डको आग्रह

शुक्रवार, वैशाख १९, २०८२

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख २१ देखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ ।परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै बोर्डले भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरेको छ ।

यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि गर्ने समयतालिका निर्धारण गरेको थियो । नेपाल शिक्षक महासङ्घ आन्दोलनमा रहेका कारण परीक्षाको मिति सारिएको थियो ।

पछिल्लोपटक महासङ्घसँग सहमति भएकाले अब भने निर्धारित परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।बोर्डले आफ्नो कुनै फेसबुक पेज नभएको र आधिकारिक सूचना वेबसाइटमार्फत सार्वजनिक हुने पनि स्पष्ट पारेको छ ।

बोर्डले परीक्षाका बाँकी सबै काम पूरा गरेर तोकिएको मितिमा मर्यादित तवरले सम्पन्न गराउन सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी एवम् सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र सरोकारवालाहरुसँग आग्रह पनि गरेको छ ।

सम्बन्धित खबर