२०८२ वैशाख १७, बुधवार , ११:३१:३२ बजे

Sajhamanch
'

डोटीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ६ जना घाइते

बुधवार, वैशाख १७, २०८२

डोटी । डोटीको जोरायल गाउँपालिका–२ मेलखोलाअन्तर्गत पर्ने भीमदत्त राजमार्गमा गएराति जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

धनगढीबाट बैतडीको पुर्चौडीका लागि छुटेको सुदूर पश्चिम प्रदेश ०२००१ ज ०५६७ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले जानकारी दिए।

घाइते हुनेहरुमा बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम रहेका र उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर