२०८२ वैशाख १०, बुधवार , ०१:०१:१४ बजे

Sajhamanch
'

महिला कर्मचारीले गर्भाधारणको अवस्थामा मातृत्व विशेष बिदा पाउने

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । महिला कर्मचारीलाई गर्भधारणको अवस्थामा मातृत्व विशेष बिदा दिने व्यवस्था संघीय निजामती सेवा विधेयकमा समेटिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्की भण्डारीले यस्तो बिदाको प्रस्ताव गरेकी थिइन् । जसलाई राज्यव्यवस्था समितिमा रहेको संघीय निजामती सेवा विधेयकमा राखिएको छ ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुका अनुसार गर्भाधारण गरेपछि महिलाले बिदा माग्दा पाउने प्रबन्ध गर्ने विषयमा सहमति जुटेको छ ।

उनका अनुसार यस्तो बिदा सुत्केरी भएपछि प्राप्त बिदामा कटौती हुने गरी दिन सकिने प्रावधान राखिनेछ ।

निजामती सेवा नियमावलीमा महिला निजामती कर्मचारी गर्भवती भएमा सुत्केरीको अघिपछि गरी ९८ दिन प्रसूति बिदा लिन पाउने व्यवस्था छ ।

सो व्यवस्था बमोजिम प्रसूति बिदा लिएका महिला निजामती कर्मचारीले चाहेमा कुनै पनि बिदाबाट कट्टा नहुने गरी थप छ महिनासम्म बेतलवी प्रसूति बिदा लिन सक्छन् । तर यस बमोजिमको बिदा लगातार रुपमा लिनुपर्ने व्यवस्था छ ।

प्रसूति बिदा तथा प्रसूति स्याहार बिदा पाएका निजामती कर्मचारीलाई बच्चाको स्याहारको निमित्त बढीमा दुई वटा बच्चाको लागि जनही एकमुष्ट पाँच हजार रुपैयाँ शिशुस्याहार भत्ता समेत दिने व्यवस्था छ ।

सम्बन्धित खबर