२०८२ वैशाख ९, मङ्गलवार , ०७:५८:५३ बजे

Sajhamanch
'

आज तीन संसदीय समितिको बैठक बस्ने

मङ्गलवार, वैशाख ९, २०८२

काठमाडौं । संघीय संसद्अन्तर्गत मंगलबार तीनवटा संसदीय समितिको बैठक बस्दैछ। प्रतिनिधिसभाको एक र राष्ट्रिय सभाको दुई समितिको बैठक बस्न लागेको हो।विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारबाही, कार्यप्रगति र अगामी आर्थिक वर्षको बजेट सम्बन्धमा मन्त्रालयको तयारीका विषयमा छलफल हुनेछ। बिहान ११ बजे शुरु हुने बैठकमा खानेपानी मन्त्री प्रदीप यादवसँग छलफल गर्ने कार्यसूची छ।

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गर्ने कार्यसूची छ। बैठक दिउँसो १ बजे शुरु हुनेछ।राज्यव्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल गर्ने कार्यसूची छ ।

सम्बन्धित खबर