
झापा । सुडानको डार्फरमा अर्धसैनिक बलको आक्रमणमा कम्तीमा एक सय जनाको ज्यान गएको छ ।
सुडानी अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले डार्फर क्षेत्रमा विस्थापित मानिसहरूका लागि बनाइएको अनिकालग्रस्त शिविरहरूमा गरेको आक्रमणमा २० बालबालिका र ९ सहायताकर्कीसहित एक सय जनाभन्दा धेरैको ज्यान गएको संयुक्त राष्ट्रसङ्घलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।
सुडानमा राष्ट्रसङ्घका आवासीय र मानवीय संयोजक क्लेमेन्टाइन न्क्वेटा–सलामीले आरएसएफ र सहयोगी मिलिशियाहरूले जामजम र अबु शोरोक शिविर, नजिकैको शहर एल–फाशेर, उत्तरी डार्फर प्रान्तको प्रान्तीय राजधानीमा आक्रमण गरेका बताए। जामजम शिविरमा बाँकी रहेका केही स्वास्थ्य चौकीहरूमध्ये एउटा सञ्चालन गर्ने क्रममा नौ जना सहायताकर्मी मारिएका खबरमा उल्लेख छ ।
संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कानुसार जामजम र अबु शोरोकमा सात लाख जनाभन्दा धेरैले आश्रय लिइरहेका छन् । विश्वव्यापी भोकमरी निगरानी समूह, एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) द्वारा अनिकाल पत्ता लागेको सुडानका पाँच क्षेत्रमध्ये जमजाम र अबु शोरोक समावेश छन् ।
युद्धका कारण सुडानको आधा जनसङ्ख्या झन्डै दुई करोड ५० लाख मानिसले चरम भोकमरीको सामना गरिरहेका छन् ।