
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि लगाउनुभएको उच्च भन्सार दर कार्यान्वयनका लागि ९० दिनको रोक लगाउने बताएका छन् । अब धेरै देशलाई ३ महिनाका लागि १० प्रतिशत शुल्कमात्र लागू हुने बीबीसीले जनाएको छ ।
ट्रम्पले कर नीतिमा लचकता देखाएको भन्दै विश्लेषकहरुले अमेरिकाले धेरै देशसँग राम्रो व्यवहार गर्न थालेको बताएका छन् । तर चीनसँग भने व्यापार युद्ध बढ्ने खतरा कायमै रहेको उनीहरुको भनाइ छ ।
यसैबीच ट्रम्पले चीनमाथि अहिलेसम्मकै उच्च १२५ प्रतिशत भन्दा बढीको भन्सार करको घोषणा गरेका छन् । नयाँ कर नीतिको घोषणासँगै ट्रम्पले चिनियाँ राष्ट्रपति सी जीनपीङसँग वार्तामा बस्ने तयारी पनि गरेको खबरमा उल्लेख छ ।
ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले चीन तथा अरु कुनै दोस्रो देशसँग अतिरिक्त करबारे निष्पक्ष सम्झौता गरिने बताएका छन् ।