२०८१ चैत १९, मङ्गलवार , १०:३७:५३ बजे

Sajhamanch
'

रहस्यमय कथा र सामाजिक यथार्थवाद बोकेको चलचित्र ‘डोरी’ आजदेखि प्रदर्शनमा

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । रहस्य, सङ्घर्ष र सामाजिक यथार्थको संयोजन बोकेको चलचित्र ‘डोरी’ आजदेखि सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ ।

जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा अरुण लामाले निर्देशन रहेको छ । लघु चलचित्र र वृत्तचित्रमा अनुभव हासिल गरिसकेका लामाका लागि यो पहिलो फिचर चलचित्र हो ।

चलचित्र ‘डोरी’ ले एक सङ्घर्षशील युवाको कथालाई प्रस्तुत गर्छ, जसले आफ्नो परिवारको आर्थिक भार कम गर्न जोखिमपूर्ण निर्णयहरू लिन्छ । कथामा हास्य, त्रास, रहस्य, र सङ्घर्षलाई प्रभावकारी रूपमा समेटिएको छ ।

चलचित्रमा प्रवीण खतिवडा, अञ्जना बराइली, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहालगायतका कलाकारहरूको अभिनय देख्न पाइन्छ ।

विशेषगरी, अञ्जना बराइलीले यसअघि ‘महापुरुष’, ‘पुजार सार्की’ र ‘पूर्ण बहादुरको सारङ्गी’ जस्ता चलचित्रमा अभिनय गरिसक्नु भएको छ ।

निर्देशक अरुण लामाकै कथा रहेको चलचित्रमा दिनेश भट्टराई निर्माता र राज थापा कार्यकारी निर्माता हुन ।

सौरभ लामाले छायाँकन गरेको चलचित्रमा सङ्गीत सङ्गीतकार राजनराज सिवाकोटीको रहेको छ । द्वन्द्व निर्देशन राजु तामाङको रहेको छ ।

सम्बन्धित खबर