
झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविरामको शर्तका रूपमा ब्ल्याक सीमा प्रतिबन्धहरू हटाउने रुसी मागको सामना गर्न अमेरिका दृढ रहने विश्वास व्यक्त गरेका छन् ।
पेरिसमा एक प्यानल अन्तर्वार्तामा युरोपेली पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति जेलेन्स्कीले अमेरिकाले रुसी मागको दृढ भएर सामना गर्ने बताएको बीबीसीले जनाएको छ । यसै क्रममा अमेरिकाले रुसको दबावको प्रतिरोध गर्छ ? भनेर बीबीसीले सोधेको प्रश्नमा जेलेन्स्कीले आफूलाई आशा रहेको बताएका हुन ।
यसअघि अमेरिकाले साउदी अरेबियामा आफ्ना अधिकारीहरूसँगको तीन दिनको छुट्टाछुट्टै वार्तापछि रुस र युक्रेनको प्रतिनिधिमण्डल ब्ल्याक सीमा युद्धविराम गर्न सहमत भएको बताएको थियो । तर त्यसको केही घण्टापछि रुसले एक विज्ञप्ति निकालेर विभिन्न शर्तहरूको सूची उल्लेख गरेको थियो ।
रुसले आफ्नो खाद्य र मल व्यापारमा पश्चिमी प्रतिबन्धहरू हटाइएपछि मात्रै ब्ल्याक सीमा व्यावसायिक जहाजहरूलाई सुरक्षित मार्ग प्रदान गर्न घोषणा गरिएको समुद्री युद्धविराम शुरू हुने बताएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारले प्रतिबन्धहरू हटाउनका लागि रुसको अनुरोधलाई हेरिहेको बताउनुभएको छ । तर युरोपेली युनियन (ईयू) ले युक्रेनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त क्षेत्रबाट रुसी सेना विना शर्त फिर्ता नभएसम्म प्रतिबन्धहरू हटाउने बारेमा विचार नगर्ने बताएको छ ।